बैतडी –बैतडीको पाटनमा जारी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पाटनले दोश्रो शिल्ड हात पारेको छ । शनिबार बिहान सम्पन्न भएको छात्रा तर्फको २ सय मिटर दौडमा प्रथम हुँदै बिष्ना अवस्थीले पाटनलाई दोश्रो स्वर्ण दिलाएकी हुन् ।
सो दौडमा शिवनाथकी अन्जु साउँदले रजत तथा डिलाशैनीकी गोमती महराले कास्य पदक हात पारेकी छन् ।
प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९ ०९:१४
प्रतिक्रिया दिनुहोस्