Sagun Khabar
बैतडीमा राष्ट्रपति रनिङ शिल्ड : पहिलो दिन मेलौलीले ८ स्वर्ण हात पार्यो 

बैतडी –बैतडीमा शुक्रबारदेखि शुरु भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पहिलो दिन मेलौली नगरपालिकाले ८ स्वर्ण पदक हात पारेको छ । छात्र तर्फको सय मिटरको दौडमा मेलौलीका सन्दीप दयालले पहिलो स्वर्ण हात पारे । त्यसपछि छात्रा÷छात्र तर्फको तीन हजार मिटरको दौडमा १४ बर्षीया सुमित्रा चन्द र  १५ बर्षीय  आयुश भट्टले स्वर्ण दिला । यस्तै मेलौलीकी प्रतिक्षा चन्दले चार सय मिटरको दौडमा प्रथम स्थान हासिल गर्दै नगरपालिकालाई स्वर्ण दिलाइन् । 

यसैगरी सटफुट  थ्रो तर्फ छात्र÷छात्रा दुबैमा सरस्वती बिष्ट र मिनसिंह ठगुन्नाले प्रथम स्थान हासिल गर्दै स्वर्ण हात पारे । दुवै जनाले ज्याभलिङ थ्रोमा पनि प्रथम हुँदै नगरपालिकालाई दुई स्वर्ण दिलाए । चार सय मिटरको छात्र तर्फको दौडमा मेलौलीका योगेश नायकले कास्य पदक दिलाए । 

Atrya hospital

यस्तै प्रतियोगिताको पहिलो दिन पाटन नगरपालिका र पञ्चेश्वर गाउँपालिकाले एक÷ एक स्वर्ण पदक हात पारेका छन् । पाटनकी बिस्ना अवस्थीले छात्रातर्फको सय मिटरको दौडमा र पञ्चेश्वरका गणेश चन्दले चार सय मिटरको छात्रतर्फको दौडमा स्वर्ण दिलाएका हुन् । पहिलो दिनको प्रतियोगितामा पाटनले तीन कास्य र दुई रजत पदक हात पारको छ । 

डिलाशैनी गाउँपालिकाले तीन रजत र एक कास्य पदक हात पा¥यो । पञ्चेश्वरले एक रजत, शिवनाथले दुई रजत , दोगडाकेदारले एक रजत पदक हात पारे । यस्तै दशरथचन्द नगरपालिका तथा सुर्नया गाउँपालिकाले एक÷एक कास्य पदक जिते । 

शुक्रबारदेखि शुरु भएको प्रतियोगिता फागुन १४ गते आइतबार सम्म सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update