बैतडी –बैतडीको पाटनमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पञ्चेश्वर गाउँपालिकाले पहिलो स्वर्ण पदक प्राप्त गरेको छ । ४ सय मिटर दौडमा पञ्चेश्वरका गणेश चन्दले प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक दिलाएका हुन ।
सो प्रतियोगितामा डिलासैनीका नरेन्द्र खडायतले दोश्रो हुँदै पालिकालाई रजत पदक दिलाएका छन् भने मेलौलीका योगेश नायकले तेश्रो हुँदै कास्य पदक दिलाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९ १२:१५
प्रतिक्रिया दिनुहोस्