बैतडी –बैतडीको पाटनमा जारी छात्र तर्फको ३ हजार मिटर दौडमा मेलौलीले स्वर्ण पदक हात पारेको छ । मेलौली १५ बर्षीय आयुष भट्टले प्रथम हुँदै मेलौलीलाई स्वर्ण दिलाएका हुन् । यस्तै पाटनका रामसिंह महराले दोश्रो हुँदै रजत पदक दिलाएका छन् ।
सो दौडमा डिलाशैनी र सुर्नयाले कास्य पदक जितेका छन् । सुर्नयाका महेश बिष्टले सुर्नयालाई कास्य पदक दिलाएका हुन् ।
तेश्रोमा सुर्नया र डिलाशैनीबीच विवाद भएपछि निर्णायक समितिले दुवैलाई तेश्रो स्थानमा राखेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९ १०:३९
प्रतिक्रिया दिनुहोस्