बैतडी – बैतडीको पाटनमा आजदेखि सुरु भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा छात्रा तर्फको एक सय मिटरको दौडमा पाटन नगरपालिकाले स्वर्ण पदक जितेको छ ।
एकसय मिटरको दौडमा पाटनकी १७ बर्षीया बिष्ना अवस्थीले प्रथम हुँदै पाटनलाई पहिलो स्वर्ण दिलाएकी छन् ।
सो प्रतियोगितामा डिलाशैनीकी गोमती महराले दोश्रो स्थान प्राप्त गरिन् । छात्रा तर्फको एक सय मिटरको दौडमा डिलाशैनीले रजत पदक प्राप्त गरेको छ ।
यस्तै प्रतियोगितामा पाटनकै पुष्पा कुँवर तेश्रो भएकी छन् । यो प्रतियोगितामा पाटनले कास्य पदक पनि हात पारेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९ १०:०२
प्रतिक्रिया दिनुहोस्