Sagun Khabar
लिग–२ श्रृङ्खला जित्ने नेपाली टोलीका सदस्यलाई सरकारले जनही २ लाख रुपैयाँ दिने
फाइल फोटो
Atrya hospital

काठमाण्डौ – सरकारले आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरूलाई जनही २ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

आज बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेसँगै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले भर्खरै सम्पन्न नामिबिया र स्कटल्यान्डसँगको त्रिदेशीय एकदिवसीय शृङ्खला जितेका नेपाली टोलीका सदस्यलाई प्रोत्साहनस्वरूप जनही २ लाख रुपैयाँ दिने घोषणा गरे ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले ४ वटै खेल जितेर शृङ्खला ’क्लिन स्वीप’ गरेको थियो । नेपालले लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल पहिलो पटक क्लिन स्वीप गरेको थियो । नेपालले शृङ्खलामा नामिबिया र स्कटल्यान्डमाथि २–२ खेलमा विजय हात पारेको हो । यस्तै नेपालले लिग–२ मा लगातार चार खेलमा जित निकालेको पनि पहिलो पटक हो ।
 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update