Sagun Khabar
बैतडीमा खोला तर्ने क्रममा लडेर एक जनाको मृत्यु

बैतडी - बैतडीमा खोला तर्ने क्रममा लडेर एक जनाको  मृत्यु भएको छ । जिल्लाको  सिगास गाउँपालिका  वडा नं  ३ का ४८ वर्षिय कालु सिंह धामीको बिहीवार दिउँसो  खोला तर्ने क्रममा  लडेर  घटना स्थलमै मृत्यु भएको हो ।

वडाकै डुडे मन्दिर नजिक रहेको खोला तर्नेक्रममा  चिप्लिएर लडेका धामीको घटना स्थलमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update