दार्चुला- दार्चुलामा जबरजस्तीकरणी गरेर वडा अध्यक्ष फरार भएका बताइएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदन सिंह धामी एक महिलालाई जबरजस्तीकरणी गरेर फरार भएका हुन् ।
पीडित महिलाले जबरजस्तीकरणी गरेको भन्दै वडा अध्यक्ष विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी राजेश शाहीले जानकारी दिए ।
पीडित महिलाले माघ २० गते राती घरमा आएर जबरजस्तीकरणी गरेको निवेदन पेस गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।धामी गाउँमा जबरजस्तीकरणी गरेको कुरा बाहिर आएपछि माघ महिनामै फरार भएकोे बताएको छ ।
फरार रहेका वडा अध्यक्ष धामीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यता वडा कार्यालयले भने वडा अध्यक्ष काठमाण्डौँमा रहेका बताएको छ ।
उनि माघ महिनामा जेष्ठ सदस्य करन सिंह धामीलाई कार्यबाहक वडा अध्यक्षको जिम्मेबारी दिएर उपचारका लागि काठमाण्डौँ गएको सचिव मदन धामीले बताए । वडा अध्यक्ष धामी गत वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।