बैतडी –बैतडीको पाटन नगरपालिकामा आयोजित नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता डबलमा ललित बोहरा र देवराज भट्टराई प्रथम भएका छन् ।
महाशिवरात्रि तथा ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजित प्रतियोगिताको उपविजेता सुरेन्द्र बोहरा र गोबिन्द पन्त भएका छन् । प्रतियोगितामा प्रथम हुनेले १० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने दोश्रो हुनेले ५ हजार नगदसहित मेडल र प्रमाणपत्र हात पारेका छन् ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ पाटन नगरपालिकाले प्रतियोगिताको आयोजना गरेको हो । नगरप्रमुख गौरीसिंह रावलको अध्यक्षतामा आइतबार भएको प्रतियोगिता समापन समारोहमा उद्योग, वाण्जिय तथा आपूर्तिमन्त्री दामोदार भण्डारी प्रमुख अतिथी रहेका थिए । प्रतियोगितामा पाटन नगरपालिकाका १२ टिमको सहभागिता थियो ।