दार्चुला –दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका ३ भतेडीगाडाकी २५ बर्षीया कलावती धामीको माटोको ढिस्कोले पुरिएको मृत्यु भएको वडा सदस्य पदमसिंह धामीले बताए ।
घरको आँगनका लागि माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएको शुक्रबार साँझ धामीको मृत्यु भएको हो ।
प्रकाशित मिति: शनिबार, माघ २८, २०७९ १८:३८
प्रतिक्रिया दिनुहोस्