दाङ — लुम्बिनी प्रदेशकी बिनाविभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छिन् । मन्त्री नियुक्त भएको लामो समयसम्म पनि उनी जिम्मेवारविहीन थिइन् । शनिबार मन्त्री केसीले मुख्यमन्त्री लीला गिरीलाई राजीनामा बुझाएको बताएकी छिन् ।
मन्त्रालयको जिम्मेवारी दिने बेलामा दलमा छलफल नभएकोमा असन्तुष्टि जनाउँदै केसीले राजीनामा दिएकी हुन् । सत्तारुढ दलमा भएको सहमतिअनुसार लुम्बिनीमा माओवादीले आर्थिक मामिला, आन्तरिक मामिला, कानुन तथा सञ्चार र भौतिक पूर्वाधार मन्त्रालय पाउने भएको छ । केसीले भौतिक पूर्वाधारमा दाबी गर्दै आएकी थिइन् । माओवादी केन्द्र, लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले मन्त्री केसीले राजीनामा दिएकोबारे आफूलाई पनि पत्र पठाएको बताए । केसी बाँके क्षेत्र नम्बर १ (१) बाट निर्वाचित सांसद हुन् ।
प्रकाशित मिति: शनिबार, माघ २८, २०७९ १३:५६
प्रतिक्रिया दिनुहोस्