Sagun Khabar
नागरिकले घरदैलोमा नै सरकार छ भन्ने अनुभूति गर्नुपर्छ :राष्ट्रपति भण्डारी
Atrya hospital

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकले घरदैलोमा नै सरकार छ भन्ने अनुभूति गर्न सक्ने गरी सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्ने बताएकी छन् । 

शुक्रवार सङ्घीय संसद्का संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले भनिन् ‘नागरिकले घरदैलोमा नै सरकार छ भन्ने अनुभूति गर्न सक्ने गरी सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्छ ।’ नागरिकमा राज्यको उपस्थिति छ भन्ने देखाउन सार्वजनिक सेवा प्रवाह चुस्त दुरुस्त हुनुपर्नेमा उनले जोड दिइन् । 

राष्ट्रपति भण्डारीले किसानले मल अभाव झेल्ने समस्याको अन्त्य गर्न समयमै रासायनिक मल उपलब्ध गराइनुपर्ने बताइन् । उनले निश्चित खाद्यवस्तु तोकेर त्यसमा आत्मनिर्भर बन्नेतर्फ योजना बनाइनुपर्ने बताइन् । 
राष्ट्रपति भण्डारीले संविधान र कानुनले प्रत्याभूति गरेका विषयहरू पूर्णरूपमा अवलम्बन गर्न अझै बाँकी रहेको पनि बताइन् । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update