Sagun Khabar
भारतीय विदेश सचिव क्वात्रा तीन दिने भ्रमणका लागि नेपाल आउने

काठमाण्डौं –भारतीय विदेश सचिव विनय मोहन क्वात्रा तीन दिने भ्रमणका लागि नेपाल आउने भएका छन् । फागुन एक गते सोमबार उनी नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफनो तीन दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन् ।

Atrya hospital

दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण हुन लागेको हो ।

भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्ने पनि जनाइएको छ । उक्त अवसरमा विदेश सचिव क्वात्राले नेपालको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको निम्तो दिनेछन् । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update