बैतडी - बैतडीका सञ्चारकर्मी महेश अवस्थीले गृहमन्त्री रवि लामिछानेलाई भेटेर सुझाव प्रतिवेदन बुझाएका छन ।
रवि लामिछाने गृहमन्त्री नियुक्त भएपछि गृह अन्तर्गत रहेका निकायहरूमा रहेका चुनौती, अवसर र सुधार गर्नुपर्ने पक्षहरू समेटेर गृहमन्त्रालयमै पुगेर विहिबार अवस्थीले सुझाव प्रतिवेदन बुझाएको हो ।
सुझाव प्रतिवेदन तयार पार्दा विभिन्न व्यक्तित्वहरू संग राय, सल्लाह लिएर प्रतिवेदन तयार पारिएकोले आवश्यक बिषयहरू लागू गर्न सके समस्या न्यूनीकरण गर्न टेवा पुग्नेमा आशावादी रहेको सञ्चारकर्मी अवस्थीको भनाई छ ।
प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले अध्ययन गरेर लागू गर्नुपर्ने बिषयहरू कार्यान्वयनमा ल्याउने आश्वासन दिएको संगै भेटघाटमा गएका सञ्चारकर्मी सुरेश अवस्थीले जानकारी दिए ।
सुझाव प्रतिवेदनको पुर्ण पाठ तल पढ्नुहोस ।