बैतडी- बैतडीको दशरथचन्द नगरपालिका वडा न. १ स्थीत गुरुखोल (जरकट्या) का युवाहरुले “आफ्नो गाउँ आफै बनाउ” भन्ने उदेश्यले विदेशबाट आर्थीक अभियान सुरु गरेका छन् ।
महारुद्र सचेत युवा समाज भन्ने समुह बनाएर पालि–चार गाउँमा रहेका मठ मन्दिर तथा सामाजिक संरचनाहरुको संरक्षण तथा मर्मत संभार गरी व्यबस्थीत र सम्मानजनक स्थलका रुपमा निर्माण गर्ने उदेश्यले आर्थीक अभियान सञ्चालन गरिएको अभियानका सक्रिय युवा प्रकाश टेरले बताए ।
बिदेशमा रहेका चार–गाउँका युवाहरुले सयुंक्तरुपमा आर्थीक संकलन अभियान सुरु गरिएको टेरले बताए । आफू जहाँ रहे पनि आफ्नो गाउँ, माटो र संस्कृतिप्रतिको माया सधैँ कायम राखौँ भन्ने भावना राखेर जिर्ण हुदै गएका मठ मन्दिरहरु निर्माण,रङरोगन तथा संरक्षण गर्नुकालागी देश विदेशमा बस्ने युवाहरु तथा गाउँबासीहरुमा अभियानलाइ सक्दो सहयोग गर्न अपिल गरेका छन् ।
यस अभियानबाट हालसम्म ७६ हजार ८ सय ८५ रुपैया संकलन गरीसकेको टेरले बताए ।




