 
                                                                    बैतडी- बैतडीको दशरथचन्द नगरपालिकामा महिला टि२० क्रिकेट प्रतियोगिता सुरू भएको छ । दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगरखेलकुद विकास समितिको आयोजनामा सोमबारबाट देहिमाण्डौँ स्थित निङ्गलाशैनी खेलमैदानमा क्रिकेट प्रतियोगिता शुरू भएको हो ।
दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द,बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दल, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा महिला क्रिकेट प्रतियोगिता सुरु भएको दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए ।
क्रिकेट प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको उनले बताए । आजबाट सुरु भएको क्रिकेट प्रतियोगिताको प्रथम पुरस्कार नगद २५ हजार, ट्रफि,मेडल र प्रमाण पत्र,द्धितिय पुरस्कार नगद १५ हजार, ट्रफि मेडल र प्रमाण पत्र रहेको यस्तै प्रतियोगितामा ओमेन अफ द सिरिजलाई ३ हजार, बेष्ट बलर र बेष्ट व्याट्स ओमेलनलाई १५र१५ सय, अनुशासीत टिमलाई ३ हजार र ओमेन अफ म्याचलाई ट्रफि प्रमाण पत्र दिइने जनाइएको छ ।
प्रतियोगिताको समापनको दिन माघ १५ गते दशरथचन्द नगरपालिकाभित्र रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई दोसल्ला र कदर पत्र सहित सम्मान गरिने जनाएको छ ।




 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    