Sagun Khabar
गायकहरुले गीत संगीतबाट चिनाउँदै छन सुदूर,‘हाम्रो नौ जिल्ला’बजारमा 

बैतडी-सूदूरपश्चिमका  गायकहरुले ‘हाम्रो नौ जिल्ला’नामक गीत बजारमा ल्याएका छन् । गायकहरुले यहाँको कला, संस्कृति, पर्यटन तथा भेषभुषालाई संरक्षण गर्ने उद्देश्यले ‘हाम्रो नौ जिल्ला’ नामम देउडा गीत बजारमा ल्याएका हुन् । 

सो गीत बिग परिवेशको स्टुडियोको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ । सम्भावनाले भरिएको तर प्रचारप्रसारको अभावले पछि परेका सुदूरपश्चिमका ठाउँहरुको चर्चा सहित गीत निर्माण गरिएको बैतडीका गायक भानुक्त जोशीले बताए ।बैतडीका गायक भानुभक्त जोशीको  शब्द सिर्जनामा रहेको ‘हाम्रो नौ जिल्ला’ नामक देउडा गीतमा भानुभक्त स्वयम, डडेल्धुराका बरिष्ठ देउडा गायक भोजराज भट्ट, कञ्चचनपुरका भुवन बडु,अछामका टेक बोगटी, बझाङका उमाशङ्कर जोशी, बाजुराका राजेन्द्र बाजुराली, डोटीका शेर बिष्ट, दार्चुलाका केशव बिष्ट र कैलालीका दिपेश बिष्टले स्वर दिएका छन् ।

 गायकहरुले सबै जिल्लाका चर्चित पर्यटकीय, धार्मिक स्थलहरु तथा मुख्य विशेषतालाई लक्षित गरि गीत तयार पारेका छन् । गीतको एरेन्ज भूवन बडूले गरेका छन् । बीग एचडी परिवेश स्टुडियोमा रेकर्डिङ गरिएको यो गीतमा अमन बडूले छायांकन गरेका छन् भने गीतमा सम्पादन समेत अमन बडूले नै गरेका छन् । जनक महरा, हेमराज अधिकारी र दर्शन जोशीले अभिनय गरेका छन् ।

उत्कृष्ट शब्द सिर्जना र लयमा बनेको हाम्रो नौ जिल्ला नामक देउडा गीत चर्चित गायकहरुले स्वर दिदा अझ मिठो सुनिएको छ । शनिबार मात्रै सार्वजनिक भएको यो गीत धेरै जनाले हेरि सकेका छन् ।गायकहरुले संस्कृति संरक्षणका साथै सुदूर भित्रका धार्मिक पर्यटकिय स्थलहरुको  प्रचारप्रसारमा टेवा पुगाउने गीत बजारमा ल्याएका भन्दै  अहिले  प्रशंसा भइरहेको  छ ।  

पछिल्लो समय सुदूरपश्चिमका लोक तथा देउडा  गायकहरुले  यहाँको कला , संस्कृति भेषभुषा र  पर्यटकिय सम्भानाका बोकेका क्षेत्रहरुलाई  गीत संगीतको  माध्यमबाट राष्ट्रि अन्तराष्ट्रिय स्तरमा चिनाइ राखेका छन् । 

गीत सुन्न यो लिंकमा थिच्नुहोस् https://www.youtube.com/watch?v=NnUM4qyQ7LM

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १४:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update