बैतडी- दार्चुलाको गोकुलेश्वरमा बेवारीसे शव फेला परेको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वर स्थित चौलानी नदि किनारमा शनिबार अप्राहन्न ४ बजेतिर बेवारीसे शव फेला परेको हो ।
चौलानी नदि किनारमा अन्दाजी २५ बर्षिया महिलाको शव डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोकुलेश्वका प्रहरी निरीक्षक विरेन्द्र सिंह थापाले जानकारी दिए ।
नगरपालिका भवन पछाडी नदि किनारमा शव फेला परेको उनले बताए । शवको पहिचान हुन नसकेको प्रहरी निरीक्षक थापाले बताए । शवलाई परिक्षणका लागि गोकुलेश्वर अस्पतालमा ल्याउने तयारी भइरहेको उनले बताए । घट्ना बारे थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, माघ ७, २०७९ १६:४६
प्रतिक्रिया दिनुहोस्