Sagun Khabar
बैतडीमा मनाइयो आठौँ राष्ट्रिय  योग दिवस 

बैतडी-  बैतडीमा पनि आठौँ योग दिवस मनाइएको छ । देश भरि जस्तै बैतडीमा पनि आज आठौँ राष्ट्रिय योग दिवस मनाइएको  हो ।  

दशरथचन्द नगरपालिका आयुर्बेदिक शाखाको आयोजना र पतञ्जली योग समिति  बैतडीको  प्राविधिक सहयोगमा आठौँ राष्ट्रिय योग दिवस मनाइएको दशरथचन्द नगरपालिकाका आयुर्बेदिक शाखा प्रमुख नरेन्द्र  प्रशाद कलौनीले जानकारी दिए । 

‘स्वस्थ जीवनको  चाहाना, योग शिक्षा र साधना’ भन्ने मूल नाराका साथ दशरथचन्द नगरपालिकाको  सभाहलमा योग दिवस मनाइएको उनले बताए । योगका विभिन्न आसन र प्राणायाम  गरि कार्यक्रम मनाइएको आयुर्बेदिक शाखा प्रमुख कलौनीले  बताए । 

स्वस्थ रहनका लागि मानजीवनमा योगको महत्वपूर्ण भूमीका रहेको उनको भनाई छ । आसन प्राणायाम  गर्दा नसा च्यापिएको , मुटुरोग सम्बन्धि, स्वास रोगकका लागि योग आवश्यक रहेको उनले बताए । स्वस्थ जीवनका लागि योग गर्न अपरिहार्य रहेको भन्दै उनले योगले फिटसेन राख्नुका साथै चित्त शुद्धि ,मन समेत शान्त राख्ने काम गर्ने बताए । 

व्यवहारिक हिसाबले शरीर, मन र भावनालाई सन्तुलित गर्ने र तालमेल मिलाइराख्ने एक साधनको  रुपमा  योग मानिन्छ । योगले शरीरको अंग, मांशपेशी, नसालाई चुस्त र तन्दुरुस्त राख्ने काम गर्दछ । पछिल्लो समय शारीरिक एवं मानसिक उपचारमा योग सर्बोत्तम बिकल्प मानिएको  छ । 

मधुमेह, उच्च रक्तचाप, दम, युरिन एसिड, पाचन विकार, बाथ जस्ता रोगको नियन्त्रण एवं निदानका लागि योग अपरिहार्य रहेको  आयुर्बेदिक चिकित्सकहरुको  भनाई  छ । मानसिक तथा शारीरिक विकार हटाएर शरीरलाई स्वस्थ्य बनाउन योगले महत्वपूर्ण काम गर्ने उनिहरुले बताए  । 

आठौँ राष्ट्रिय योग दिवस कार्यक्रममा कर्मचारी, पतञ्जली योग समितिका पदाधिकारी, बालबालिका लगायत अन्य  स्थानीय नागरिकहरुको  सहभागिता रहेको  थियो  ।  


 

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  ०८:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update