Sagun Khabar
सुदूरपश्चिममा आज सभामुखको निर्वाचन

धनगढी- सुदूरपश्चिम प्रदेशमा आज सभामुखको निर्वाचन हुने भएको छ। दिउसो १ बजे सभामुखको निर्वाचन हुने प्रदेश सभा सचिवालयले जनाएको छ। निर्वाचन तालिका अनुसार बुधबार मनोनयन दर्ता, दाबी विरोध र उम्मेदवारी फिर्ताको समय रहेको थियो। 

निर्धारित समय भित्र कांग्रेसका मानबहादुर रावल र माओवादी केन्द्रका भीम भण्डारीले सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन्। अन्तिम समय सम्म पनि उम्मेदवारी फिर्ता नभएपछि आज यी दुवै बिच सभामुखको लागि चुनाव हुने छ।

माओवादी केन्द्रका भण्डारीलाई माओवादी सहित एमाले, नागरिक उन्मुक्ति र राप्रपाको साथ रहेको छ भने कांग्रेसका रावललाई कांग्रेस सहित नेकपा एकीकृत समाजवादीको साथ छ। 

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update