डडेल्धुरा –डडेल्धुरामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको भागेश्वर गाउँपालिका–४ आर्कुडाका ४२ वर्षीय सुन्दरसिंह भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
घर नजिकैको ट्रान्सफर्मरमा फ्युज जोड्ने क्रममा सोमबार दिउँसो करेन्ट लागेर भाटको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी उमाकान्त जोशीले जानकारी दिए ।
मृतक भाट नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुरा अन्तर्गत बगरकोट सव– स्टेशनमा सुरक्षा गार्डको रुपमा काम गर्दै आएका थिए ।
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९ १७:१५
प्रतिक्रिया दिनुहोस्