Sagun Khabar
सुदूरपश्चिममा आइतबार ८० जनाले कोरोना जिते, थप ७१ जनामा संक्रमण पुष्टि 
Atrya hospital

बैतडी – सुदूरपश्चिममा आइतबार ८० जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ८० जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । बैतडीका एकजनाको कोरोनाबाट मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । ९१९ जनाको नमूना परीक्षण गर्दा थप ७१ जनामा कोरोना पुष्टि भएको हो । 
 

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update