धनगढी-नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक निष्कर्षविहीन बनेको छ। प्रदेशमा संसदीय दलको नेताका लागि प्रदेश सभामा निर्वाचित ६ जनाले दाबी गरेपछि बैठक निष्कर्षविहीन भएको हो।
संसदीय दलको नेतामा अछामका मेघराज खड्का, कञ्चनपुरका बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कैलालीका प्रकाश देउवा, कमल शाह र बैतडीका शिवराज भट्टले दाबी गरेका छन्।
दलको नेता चयन गर्न अझै केही दिन लाग्ने प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य मेघराज खडकाले बताए।
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९ १७:४६
प्रतिक्रिया दिनुहोस्