Sagun Khabar
बैतडीमा आइतबार ६ जनाले कोरोना जिते, थप ४ जनामा कोरोना पुष्टि 

बैतडी-बैतडीमा आइतबार थप ६ जनाले कोरोना जितेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमित मध्ये ६ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै आज थप ४ जनामा कोरोना पुष्टि भएको छ । दशरथचन्द नगरपालिका, डिलाशैनी गाउँपालिका,सुर्नया गाउँपालिका र शिवनाथ गाउँपालिकाका थप १÷१ जनामा कोरोना पुष्टि भएको हो ।

Atrya hospital

जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या २०३ रहेको छ । सक्रिय संक्रमित मध्ये पाटन नगरपालिकामा ४६ जना, सुर्नया गाउँपालिकामा ४१ जना, मेलौली नगरपालिकामा ३१ जना, दशरथचन्द नगरपालिकामा ३० जना र डिलाशैनी गाउँपालिकामा १५ जना रहेका छन् । य

सैगरी पञ्चेश्वर गाउँपालिकामा १२ जना, पुर्चौंडी नगरपालिकामा ११ जना, दोगडाकेदार गाउँपालिकामा १० जना, शिवनाथ गाउँपालिकामा ३ जना र सिगास गाउँपालिकामा २ जना सक्रिय संक्रमित रहेका छन् ।

बैतडीमा अन्य ठाउँका २ जना सक्रिय संक्रमित रहेका बताइएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update