डडेल्धुरा –डडेल्धुराको अजयमेरु गाउँपालिकाका विद्यालयमा एक महिना हिउँदे बिदा दिइएको छ । मंसिर १९ गते बसेको प्रधानाध्यापकहरुको बैठकको निर्णय अनुसार विद्यालयहरुमा हिउँदे बिदा दिइएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
हिउँदे बिदा अवधिभर विद्यालयको सुरक्षाको प्रबन्धका लागि नजिकको सुरक्षा निकायसंग समन्वय गर्न समेत आग्रह गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल सेटीले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, पुस १८, २०७९ १३:३१
प्रतिक्रिया दिनुहोस्