कैलाली –कैलालीको घोडाघोडी नगरपालिकामा तालाबन्दी गरिएको छ । एउटा समुह आएर नगरपालिकामा तालाबन्दी गरेको नगरपालिकाका सूचना अधिकारी उमेशराज रेग्मीले बताए ।
नगरपालिकाले मापदण्ड विपरीत सडक छेउछाउका संरचना हटाएको भन्दै घोडाघोडी नगरपालिका–१० पहलमानपुरका स्थानीयले तालाबन्दी गरेको बुझिएको छ ।
प्रकाशित मिति: आइतबार, पुस १७, २०७९ १२:०८
प्रतिक्रिया दिनुहोस्