कैलाली –नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी सर्वसम्मत चयन भएका छन् ।
एकीकृत समाजवादीको प्रदेश संसदीय दलको उप नेतामा प्रकाश रावल र प्रमुख सचेतकमा नरेश शाही चयन भएका छन् । प्रदेश सभा सदस्य माया पन्तलाई सचेतकमा आज चयन गरिएको छ । प्रदेश सभामा नेकापा एकीकृत समाजवादीका चार जना सदस्य रहेका छन् ।
सोडारी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री छन् भने रावल आर्थिक मामिला मन्त्री छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९ १६:२७
प्रतिक्रिया दिनुहोस्