Sagun Khabar
सुदूरपश्चिम प्रदेशसभा सदस्यले लिए शपथ 

कैलाली –सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाको हलमा शुक्रबार दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य  मानबहादुर रावलले शपथ गराएका हुन् । ज्येष्ठ सदस्यका रूपमा रावलले शुक्रबार नै प्रदेश प्रमुख देवराज जोशीसँग शपथ लिएका थिए ।

जेष्ठ सदस्य रावलले प्रदेश सभका अन्य ५२ सांसदलाई शपथ गराएका हुन् । ४६ जनाले नेपाली भाषा र ६ जनाले आफ्नो मातृभाषामा शपथ लिएका छन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ३२ प्रत्यक्ष र २१ समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका सदस्य छन् । प्रदेशसभामा ६ दलको सहभागिता छ ।

Atrya hospital

१९ सिट ल्याएको नेपाली कांग्रेस प्रदेश सभाको सबैभन्दा ठूलो दलका रूपमा रहेको छ । तर ठूलो दल कांग्रेस नै प्रतिपक्षमा रहने निश्चितजस्तै भएको छ । प्रदेशसभामा ११ सिट ल्याएको माओवादी केन्द्र दोस्रो स्थानमा रहेको छ भने १० सिट ल्याएको एमाले तेस्रो स्थानमा छ ।

सुदूरपश्चिम प्रदेशसभामा चौथो दलका रूपमा नागरिक उन्मुक्ति पार्टी रहेको छ । उक्त पार्टीका ७ जना सांसद छन् । ४ जना सांसद रहेको एकीकृत समाजवादी पाँचौ स्थानमा छ भने प्रत्यक्षतर्फ नजिते पनि समानुपातिकबाट राप्रपाका एक जना सांसद निर्वाचित भएका छन् । त्यस्तै एक जना स्वतन्त्र सांसद छन् ।
 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update