Sagun Khabar
कैलालीबाट लागु औषध सहित १ जना पक्राउ

धनगढी- कैलालीबाट लागु औषध सहित १ जना पक्राउ परेका छन्। टीकापुरबाट लागु औषध खैरो हिरोइन सहित १ जना पक्राउ परेका हुन्। टीकापुर नगरपालिका–८ मा रहेको प्रहरी चौकी कालाकुण्डाबाट खटिएको गस्ती टोलीले भारतबाट नेपाल आउँदै गरेका लम्कीचुहा नगरपालिका–२ मोतीपुरका २५ वर्षीय रेनिस डाँगीलाई लागु औषध खैरो हिरोइन सहित पक्राउ गरेको हो।

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update