बैतडीमा ब्याडमिन्टन प्रतियोगिता हुने 
                        
                        
                                                
                                             
                                                                    बैतडी –बैतडीमा खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पौष १५ अवसरमा दशरथचन्द नगरपालिका, नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
जगन्नाथ ब्याडमिन्टन हलमा सञ्चालन हुने प्रतियोगितामा भाग लिन चाहने खेलाडीहरुले पौष १४गते ३ बजेभित्र नाम दर्ता गरिसक्न आग्रह गरिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने छ ।
यस्तै दोश्रो हुनेलाई नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने तेश्रो हुने र सान्त्वना स्थान प्राप्त गर्नेलाई नगद ५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 
 
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १६:१७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    