Sagun Khabar
पाटन –पञ्चेश्वर सडकमा काम गर्ने मजदुरले ज्याला नपाएको कुरा प्रदेशसभामा उठ्यो 

बैतडी –बैतडीको पाटन –पञ्चेश्वर सडकमा कार्यरत लेन्थवर्करले २ वर्षसम्म ज्याला नपाएको कुरा प्रदेश सभामा उठेको छ । सुदूरपश्चिम प्रदेशसभाको ८ औं अधिवेशनको बिशेष समयमा बोल्दै बैतडीबाट निर्वाचित सभाषद प्रेमप्रकाश भट्टले मजदुरहरुले ज्याला नपाएको कुरा उठाएका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले मजदुरहरुलाई ज्याला नदिएको भन्दै मजदुरहरुलाई ज्याला दिन आग्रह गरे । उनले भने ‘बैतडीको पाटन पञ्चेश्वर सडकमा भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा हुँदादेखि १२÷१३ जना मजदुर कार्यरत छन् । तिमीहरु काम गर्दै गर, हामी पैसा दिदै गछौंं भनेका रहेछन्। तर अझै दिइएको छैन। उहाँहरुको ज्याला दिइनुपर्छ ।’

Atrya hospital

सो सडक संघीय सरकार मातहत रहेकै बेलादेखि कार्यरत मजदुरले गएको दुई बर्ष यता ज्याला पाउन सकेका छन् । सडक प्रदेश सरकार मातहत आएपछि आफूहरुले ज्याला नपाएको सो सडकमा कार्यरत मजदुर जयराम विकले बताए । उनले भने ‘हामीलाई संघीय सांसद, मन्त्री, प्रदेश सांसद सबैले काम गर्नु भनेका हुन् । तर हामीलाई ज्याला दिने बिषयमा कसैले हेरेको छैन् ।’

कोरोना कहरका बेला आफूहरु झन् समस्या रहेको उनल् बताए । उनले भने ‘हामीले बालबालिका परिवार कसरी पाल्ने ? हामी मजदुरको पसीना नदेख्ने सरकार कस्तो हो ? 
 

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update