कैलाली –नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता चयन गरेको छ । पार्टीले सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई छनोट गरेको केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले जानकारी दिइन् । रामेश्वर कैलाली क्षेत्र नम्बर २ को (२) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।
यस्तै, प्रमुख सचेतकमा लक्ष्मण किशोर चौधरी र सचेतकमा घनश्याम चौधरी चयन भएका छन् । टीकापुर घटनाको मुद्दामा जेल जीवन बिताइरहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा समानुपातिकसहित ७ सिट जितेको छ ।
प्रकाशित मिति: आइतबार, पुस १०, २०७९ १६:०८
प्रतिक्रिया दिनुहोस्