Sagun Khabar
कैलालीमा विष्फोटक पदार्थसहित एक जना पक्राउ

कैलाली –कैलालीमा विष्फोटक पदार्थसहित एक जना पक्राउ परेका छन् । आइतबार जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ३ मोहनपुरस्थित नेपाल–भारत सीमा इलाकामा सशस्त्र प्रहरीले कैलाली गाउँपालिका वडा नम्बर ४ के गाउँका ४७ वर्षीय सोमनारायण डगौरालाई पक्राउ गरेको हो । 

सशस्त्र प्रहरी बल नेपाल बिओपी खोनपुरबाट सशस्त्र प्रहरी निरीक्षक सुवास खत्रीको कमान्डमा खटिएको मोबाइल गस्ती टोलीले भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउदै गरेको प्रतिबन्धित विस्फोटक पदार्थमा प्रयोग हुने सामानसहित डगौरालाई पक्राउ गरेको हो । 

डगौरालाई थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय हसुलियाको जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update