बैतडीमा टी –१० क्रिकेट प्रतियोगिता हुने 
                        
                        
                                                
                                             
                                                                    बैतडी –बैतडीमा आगामी शुक्रबारदेखि टी–१० क्रिकेट प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता दशरथचन्द नगरपालिका–११ बगलेखानको खेल मैदानमा हुनेछ । नागार्जुन रणसैनी युवा क्लब बठ्ठाद्वारा आयोजना गरिएको १५औँ संस्करणको टी–१० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको क्लबका बरिष्ठ सल्लाहकार श्यामबहादुर चन्दले जानकारी दिए ।
प्रतियोगिताको विजेता टोलीले रु २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीलाई रु १५ हजार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । गत संस्करणको टी–१० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लबले जितेको थियो ।
 
प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १३:४२
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    