Sagun Khabar
कैलालीको इलाका प्रहरी कार्यालय मालाखेती घेराउ
Atrya hospital

कैलाली –कैलाली जिल्लाको  इलाका प्रहरी कार्यालय मालाखेती घेराउ गरिएको छ । सुनचाँदी व्यवसाय विकास सुनारमाथि गोली प्रहारका दोषीलाई अहिलेसम्म पनि पक्राउ नगरेको भन्दै अत्तरिया उद्योग वाणिज्य संघको अगुवाईमा कार्यालय घेराउ गरिएको हो । 

घटना भएको ५ दिन बितिसक्दा समेत प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको भन्दै प्रहरी कार्यालय घेराउ गरिएको हो । पुस ३ गते आइतबार गोदावरी नगरपालिका–२ मा सशस्त्र प्रहरी बल मुख्यालय अगाडि सुखड र अत्तरियामा सुनचाँदी व्यवसाय गर्दै आएका विकास सुनारमाथि गोली प्रहार भएको थियो । डाँका समूहले उनको साथमा रहेको ३५ तोला सुन लुटेर लगेका थिए । 

डाँका समूहको एक गोली छल्न सफल भएका व्यसायी सुनार दोश्रो गोली लागेर ढलेका थिए । शान्ति सुरक्षाको माग गर्दै स्थानीयहरु व्यापारीहरुले इलाका प्रहरी कार्यालय घेराउ गरेका हुन् । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update