Sagun Khabar
कैलाली बहुमुखी क्याम्पसका प्रमुखको कार्यकक्षमा तालाबन्दी 
Atrya hospital

कैलाली –कैलाली बहुमुखी क्याम्पसका प्रमुख धर्मराज उपाध्यायको कार्यकक्षमा तालाबन्दी गरिएको छ । क्याम्पसले निर्वाचन आचारसंहिताविपरीत १५ जना शिक्षकलाई दिइएको करार नियुक्ती खारेजी, स्ववियु निर्वाचनको मिति घोषणा गर्नुपर्ने लगायतका माग राखेर प्रमुखको कार्यकक्षमा विभिन्न ६ विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् । 

कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति चुडामणी भट्टले क्याम्पसमा देखिएका विभिन्न विसंगतीका विरुद्धमा विभिन्न ६ विद्यार्थी संगठनले तालाबन्दी गरेको बताए । क्याम्पसमा शिक्षक भर्नादेखि पठनपाठन लगायतमा देखिएका समस्या सामाधानको माग गर्दै प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको उनले बताए ।

विद्यार्थी संगठनहरुले आफ्ना माग पूरा नगरेमा चरणबद्ध आन्दोलनको चेतावनी समेत क्याम्पस प्रशासनलाई दिएको छ । क्याम्पसमा कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, विप्लव नेतृत्वको नेकपा निकट क्रान्तिकारी लगायतका संगठनले तालाबन्दी गरेका हुन् । 

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update