बैतडी –डडेल्धुरामा निर्माणको प्रक्रियामा रहेको पुईलेक विमानस्थलका बारेमा सुदूरपश्चिम महोत्सवमा जानकारी पत्र वितरण गरिएको छ । अजयमेरु गाउँपालिका–१ समैजीमा निर्माणको प्रक्रियामा रहेको सो विमानस्थलका बारेमा २१ हजार बढी जानकारी पत्र वितरण गरिएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए ।
डडेल्धुरा प्रदेश सभा क्षेत्र नं २ बाट निर्वाचित प्रदेश सभा सदस्य डा. तारा जोशीको सचिवालयको सहयोगमा बोलन्या थलीले जानकारी पत्र वितरण गरेको हो ।
पुईलेक विमानस्थलको बिशेषता समेटिएको जानकारी पत्र वितरण गरिएको संयोजक जोशीले बताए । विमानस्थलका बारेमा जानकारी पत्र वितरण गर्नुका साथै हस्ताक्षर समेत संकलन गरिएको उनले बताए ।
प्रकाशित मिति: बुधबार, पुस ६, २०७९ १८:०८
प्रतिक्रिया दिनुहोस्