कैलाली–कैलालीको धनगढीस्थित एक सहकारीमा चोरी भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फुलवारीस्थित एक सहकारीमा चोरी भएको हो ।
मंगलबार राति सुर्मा साईपाल ऋण तथा बचत सहकारीको फूलवारी शाखामा चोरी भएको जनाइएको छ । सहकारीको सटरको ताल्चा तोडेर अज्ञात समूहले नगद चोरी गरेको सहकारीका शाखा सञ्चालक कुम्भ गिरीले जानकारी दिए । चोरले लकरमा राखिएको एक लाख ९७ हजार ६ सय ४८ नगद रकम चोरेर लगेको उनले बताए ।
चोरको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ६, २०७९ १६:३१
प्रतिक्रिया दिनुहोस्