कैलाली –धनगढी उपमहानगरपालिका वडा नम्बर ९ मा गोली चलेको छ । वडा नम्बर ९ शिवरामनगर टोलमा आज विहान पौने ३ बजे गोली चलेको हो । स्थानीय प्रजापति विष्टको घरमा चोरी गर्न आएका समूहको प्रतिकार गर्न खोज्दा चोरहरूले गोली प्रहार गरेको विष्टले बताए ।
गोली लागेर विष्ट सामान्य घाइते भएका छन् भने स्थानीयको घरबाट चोरहरूले अटो रिक्साका चार व्याट्री चोरेर लगेका छन् । विष्टमाथि गोली प्रहार गरेपछि स्थानीयले होहल्ला गरी डाँकाहरूको समूहलाई लखेट्दा अर्को राउन्ड फायर गरेको विष्टले बताए ।
तर यो सम्बन्धमा कैलालीले प्रहरीले भने गोली नचलेको दाबी गरेको गरेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९ ११:५५
प्रतिक्रिया दिनुहोस्