 
                                                बैतडी- कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४(२ गोल अन्तरले पराजित गर्दै उपाधि  अर्जेन्टिनाले जितेको हो । अर्जेन्टिनाका कप्तान लियोनल मेसी कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को सर्वोत्कृष्ट खेलाडी  पनि  बनेका छन्।  मेसीले विश्वकपमा गोल्डेन बल अवार्ड जितेको यो दोस्रो पटक हो ।
अर्जेन्टिनाका कप्तान लियोनल मेसी कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को सर्वोत्कृष्ट खेलाडी  पनि  बनेका छन्।  मेसीले विश्वकपमा गोल्डेन बल अवार्ड जितेको यो दोस्रो पटक हो । 
 विश्वकपमा दुई पटक गोल्डेन बल अवार्ड जित्ने मेसी पहिलो खेलाडी हुन् । फ्रान्सका फरवार्ड काइलियन एमबाप्पेले फिफा विश्वकप २०२२ को गोल्डेन बुट जितेका छन् ।
विश्वकपमा दुई पटक गोल्डेन बल अवार्ड जित्ने मेसी पहिलो खेलाडी हुन् । फ्रान्सका फरवार्ड काइलियन एमबाप्पेले फिफा विश्वकप २०२२ को गोल्डेन बुट जितेका छन् ।

आइतबार भएको फाइनलमा हारका बाबजुद अर्जेन्टिना विरुद्ध ह्याट्रिक गरेपछि एमबाप्पेले प्रतियोगिताको गोल्डेन बुट जितेका हुन् । एमबाप्पेले कतारमा सम्पन्न विश्वकपभर ८ गोल गरेका हुन् । उनले विश्वकपको कुल ७ खेलमा ८ गोल गरेका हुन् । अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को उत्कृष्ट गोलकिपर चुनिएका छन् ।
एमबाप्पेले कतारमा सम्पन्न विश्वकपभर ८ गोल गरेका हुन् । उनले विश्वकपको कुल ७ खेलमा ८ गोल गरेका हुन् । अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को उत्कृष्ट गोलकिपर चुनिएका छन् । 

फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दा एक पेनाल्टी बचाएका मार्टिनेजले विश्वकपको गोल्डेन ग्लोभ्स पाएका हुन् ।
अर्जेन्टिनाका मिडफिल्डर इन्जो फर्नान्डेजले कतारमा सम्पन्न फिफा विश्वकपमा उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भएका छन् । २१ वर्षे फर्नान्डेजले अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।









 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    