Sagun Khabar
साल्ट ट्रेडिङ विरुद्ध अख्तियारमा मुद्दा 
Atrya hospital

कैलाली –साल्ट ट्रेडिङ कर्पोरेसन धनगढी कार्यालय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा उजुरी परेको छ । २०७७ असोजमा भारतबाट आयात गरेको ५० किलोको ३५ हजार ६ सय बोरा फ्री फ्लो नुन तथा १६ हजार ४० बोरा १ किलोमा प्याकेजिङ गरेर नुनको उपभोग्य मिति समाप्त भएको तर साल्ट ट्रेडिङले हाल आएर बिक्री गर्न खोजको भन्दै अख्तियारमा उजुरी परेको हो । 

सञ्चार माध्यममा नुनबारे समाचार प्रकाशन तथा प्रसारण भएपछि जिल्ला प्रशासन कार्यालय कैलालीको ध्यानाकर्षण भएको थियो । अख्तियारले समेत छानविन गर्नु भनेर पत्राचार गरेपछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरिएको छ । 

छानविन समितिले आइतबार अध्ययन प्रतिवेदन कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापालाई बुझाएको छ । समितिले साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीको गोदाममा म्याद नाघेको नुन रहेको प्रतिवेदन पेस गरेको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।
 

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update