Sagun Khabar
बैतडीमा शुक्रबार ३१ जनाले कोरोना जिते 

बैतडी – बैतडीमा आज ३१ जनाले कोरोना जितेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमित मध्ये ३१ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै आज थप एकजनामा कोरोना पुष्टि भएको छ । 

जिल्लाको सुर्नया गाउँपालिकाका एकजनामा कोरोना पुष्टि भएको हो । अहिले जिल्लामा २३४ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये पाटन नगरपालिकामा ४५ जना, सुर्नया गाउँपालिकामा ४३ जना, डिलाशैनी गाउँपालिकामा ४० जना, दशरथचन्द नगरपालिकामा ३१ जना र मेलौली नगरपालिकामा ३१ जना रहेका छन् । 

Atrya hospital

यस्तै पञ्चेश्वर गाउँपालिकामा १२ जना, पुर्चौंडी नगरपालिकामा १२ जना, दोगडाकेदार गाउँपालिकामा ११ जना, सिगास गाउँपालिकामा ५ जना र शिवनाथ गाउँपालिकामा २ जना सक्रिय संक्रमित रहेका छन् । 

यस्तै बैतडीमा अन्य ठाउँका २ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।  

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update