डडेल्धुरा –महाकाली राजमार्गसहित आफ्नो क्षेत्रमा पर्ने सडकमा रहेका टहरा हटाउन डडेल्धुराको अमरगढी नगरपालिकाले अल्टिमेटम दिएको छ । ३५ दिने अल्टिमेटम दिँदै अमरगढी नगरपालिकाले सडक क्षेत्रमा रहेका खोका–टहरा हटाउन सूचना जारी गरेको हो ।
नगरपालिकाको वडा नम्बर १ तडिबटा गेटदेखि, स्याउले, बागबजार, तुफानडाँडा, किर्तिपुर, पोखरा, भालुमारेसंगै घटाल–आइत सडक, रातागुन–भजनेउटा र स्याउले –रडुवा सडक क्षेत्रमा रहेका टहरा हटाउन आग्रह गरिएको छ ।
सूचनाको अवज्ञा गरेमा नगरपालिकाले आँफै टहरा भत्काउने समेत सूचनामा उल्लेख गरिएको छ । सडकमा भएका टहराका कारण सवारी साधन आवागमनमा समस्या भएकाले तत्काल टहरा हटाउन नगरपालिकाले आग्रह गरेको हो ।
प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९ १७:५४
प्रतिक्रिया दिनुहोस्