Sagun Khabar
सुदूरपश्चिमको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयमा तालाबन्दी

कैलाली –सुदूरपश्चिमको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयमा तालाबन्दी गरिएको छ । आइतबार धानको मूल्य निर्धारण गरेर पनि धान खरिद नगरेको भन्दै प्रदेश कार्यालयमा तालाबन्दी गरिएको हो । 

नेपाली कांग्रेस निकट नेपाल किसान महासङ्घ र नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले संयुक्त रूपमा कार्यालयमा तालाबन्दी गरेका हुन् ।  सरकारले कात्तिक १६ गते धानको मूल्य निर्धारण गरेको थियो ।  तर त्यो मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किसानसँग धान खरिद नगर्दा किसानले सस्तोमा धान बेच्न बाध्य भइरहेका छन् । 

Atrya hospital

सरकारले तोकेकै मूल्यमा तत्काल किसानको धान खरिद गर्न माग गर्दै कार्यालयका तालाबन्दी गरिएको अखिल नेपाल किसान महासंघ स्थायी कमिटी सदस्य डेजी पाण्डेले बताए । 

सरकारले यसअघि नै मोटो धानको मूल्यप्रति क्विन्टल २ हजार ९७६ र मसिनो धानको मूल्य क्विन्टल ३ हजार १२८ निर्धारण गरेको थियो ।  तर, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको किसानको धान खरिद गरिरहेको छैन । जसका कारण किसानहरु २ हजार ४ सय मूल्यमा धान बेच्न बाध्य छन् । 
 

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update