कैलाली –सुदूरपश्चिमको प्रदेशसभामा दोस्रो कार्यकालका लागि विभिन्न छ राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ । मंसिर ४ गते सम्पन्न चुनावको नतिजाअनुसार दोस्रो कार्यकालमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी)ले प्रदेशसभामा आफ्नो प्रतिनिधित्व यथावत राखेका छन् । जनता समाजवादी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी भने यो चुनावबाट बाहिरिएका छन् ।
प्रदेश सभाको पहिलो कार्यकालमा प्रतिनिधित्व नभएका नागरिक उन्मुक्ति पार्टी र राप्रपाले भने प्रदेश सभामा आफ्नो सीट सुरक्षित गरेका छन् ।
प्रदेशसभाका लागि प्रत्यक्षतर्फका सबै ३२ निर्वाचन क्षेत्रको अन्तिम नतिजा आइसक्दा समानुपातिकतर्फको २१ सदस्यको नतिजा आउने क्रममा छ । प्रदेशसभामा ५३ सदस्य रहन्छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९ १६:१७
प्रतिक्रिया दिनुहोस्