Sagun Khabar
बिहीबार सुदूरपश्चिममा कोरोनाबाट थप ६ जनाको मृत्यु, २०७ जनाले कोरोना जिते 
Atrya hospital

बैतडी – सुदूरपश्चिममा आज थप २२५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी १ हजार ३२० जनाको नमूना परीक्षण गर्दा थप २२५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । कञ्चनपुरका २, कैलाली, अछाम,डडेल्धुरा र बाजुराका एक÷एक जनाको मृत्यु भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २०७ जनाले कोरोना जितेका छन् । 

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update