दार्चुला- दार्चुलामा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । छुट्टा छुट्टै स्थानमा भिरबाट लडेर लेकम गाउँपालिका–३ राडमका ५२ वर्षीय प्रेमसिंह ऐरी र महाकाली नगरपालिका–३ का ३१ वर्षीय बीरसिंह भण्डारीको मृत्यु भएको हो ।
ऐरीको मंगलबार राति र भण्डारीको बुधबार बिहान भिरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। उनका अनुसार ऐरीको लाली बजारतर्फ आउँदै गर्दा भिरबाट खसेर मृत्यु भएको हो ।
यस्तै भण्डारी हुस्कर माध्यमिक विद्यालय काँटैको स्कुल धारदेखि लडेर कल्चौडे खोलामा खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक शाहीले बताए ।
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९ १२:५६
प्रतिक्रिया दिनुहोस्