Sagun Khabar
भिनाजुले हँसिया प्रहार गर्दा सालाको मृत्यु

कैलाली- कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालाको मृत्यु भएको छ। जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको भिनाजुको हँसिया प्रहारबाट मृत्यु भएको प्रहरीले बताएको छ।

अर्का एक घाइते भएका छन्। भिनाजु नाता पर्ने स्थानीय ५० बर्षीय गौरीलाल ढुङगानाले साला नाता पर्ने भण्डारीमाथि हसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रसाद जोशीले बताएका छन।

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update