Sagun Khabar
धनगढीमा सचिव सवार सरकारी गाडी र विद्यालय बस ठोकिए 
Atrya hospital

कैलाली –सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटी सवार गाडी विद्यालयको गाडीसँग ठोक्किएको छ । सोमबार बिहानै उनी सवार से १ झ २७६ नम्बरको सरकारी गाडी सैनिक आवासीय महाविद्यालयको विद्यार्थी बोकेको बससँग ठोक्किएको हो । 

सचिव बोगटी कार्यालय समय अगाडि नै सरकारी गाडीमा ब्याडमिन्टन खेल्न गइरहेका बताइएको छ । धनगढी उपमहानगरपालिका–५ हसनपुरमा उनी सवार गाडी विद्यालयको बससँग ठोक्किएको हो । 

बोगटीले ओभरटेक गर्ने क्रममा स्कारपियो महाविद्यालयको बससँग ठोक्किएको र दुवैको अगाडिको भागमा समान्य क्षति पुगेको बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update