Sagun Khabar
कैलालीका एक शिक्षक विरुद्ध भ्रष्टाचार मुद्दा दायर 

कैलाली –कैलालीका एक शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । जिल्लाको भजनी नगरपालिका–४ स्थित राष्ट्रिय उच्च माध्यमिक विद्यालय खैलाडमा कार्यरत एक शिक्षकविरुद्ध मुद्दा दायर भएको हो । 

शिक्षक मथुरा चौधरीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्रहरु छानविन गर्न माग गर्दै अख्तियारको कार्यालयमा उजुरी निवेदन परेको भण्डारीले बताए । 

Atrya hospital

सो निवेदनमाथि अनुसन्धान हुँदा चौधरीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर राष्ट्रसेवकको लाभ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ । 

चौधरीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएकोले उनीउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो । 
 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update